जब जहाज उडाइरहेका पाइलटलाई आफ्नै सह पाइटलले छुरा प्रहार गरे ….

१४ आश्विन २०८३, बुधबार १९:०९

एजेन्सीहरु । आज अपरान्ह जोर्डन वा साउदी अरबमाथि हुन लागेको एउटा दुखद घटनाको सुखद अन्त्य भएको छ । दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको जहाज जब साउदी अरबको आकाशलाई छोडेर जोर्डनको आकाशमा प्रवेश गर्दै थियो, तब भयानक परिदृष्य सिर्जना भयो ।

जहाजका सहायक क्याप्टेनले आफ्नै क्याप्टेनमाथि छुरा प्रहार गरी घाइते बनाए अनि जहाजलाई ३३ फिटबाट १४ हजार फिटमा झार्दै जमिनमा बजार्न खोज्दै थिए । त्यति बेला ककपिटमा घमसान युद्ध भयो । अन्ततः अपराधिक मानसिकताका को पाइलटलाई यात्रुहरु समेतले मिलेर नियन्त्रणमा लिई जहाजलाई पुनः नियन्त्रण कायम गर्न सफल भए ।

टाइम्स अफ इजरायलका अनुसार पाइलट विहिन जहाजलाई तत्कालै सोही जहाजमा यात्रा गरिरहेका यात्रु पाइलटले आपतकालिन अवतरण गराएर सबै यात्रुहरुको जीवन सुरक्षित राख्न सफल भएका छन् ।
तेल अभिभतर्फ गइरहेको जहाजलाई जोर्डनका आकाशमा प्रवेश गराएर तत्कालै साउदी अरबको ताबुक विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । हाल सबै यात्रुलाई बाहिर निकालेर सुरक्षित गरिसकिएको छ । उक्त को पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

को–पाइलटले प्रहार गरेको छुराका कारण पाइलट घाइते अवस्थामा थिए भने को पाइलट आफैले जहाजलाई नोज डाइभ गराएर दुर्घटना गराउने प्रयास गरिरहेका थिए । सो क्रममा जहाज यात्रुहरुल सामूहिक रुपमा हस्तक्षेप गरी सकुशल आपतकालिन अवतरण गराएर १७४ जना यात्रुहरुको जीवन रक्षा गर्न सफल भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*