अपाङ्गता भएकाहरुकोे बीमा गराएर ललितपुरमा आजदेखि स्वास्थ्य बीमा सेवा शुभारम्भ

२ पुष २०८०, सोमबार १४:०५

काठमाडौं । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।

हाल स्वास्थ्य बीमा बोर्डले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमममा ३७ लाख भन्दा बढी बीमीत आवद्ध भईसकेका छन् । ४ वर्षको अवधिमा स्वास्थ्य बीमा गर्ने कुल बीमितको संख्या ३७ लाख ७९ हजार ८ सय २५ पुगेको बोर्डले जनाएको छ। ।यस अवधिसम्ममा कुल ११ लाख २६ हजार ८१ घर परिवारका ३७ लाख भन्दा बढी बीमितहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । कुल बीमित मध्ये सेवा लिई रहेका व्यक्तिहरुको संख्या १४ लाख ४५ हजार ५ सय ३३ रहेको बार्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*