दुई सयले महंगियो सुन, तोलाको कति?

३ पुष २०८०, मंगलवार ११:००

काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउभने घटेको छ । मंगलबार चाँदी ५ रुपैयाँले सस्तिएर प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*