मोदी इनर्जीले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

६ पुष २०८०, शुक्रबार १२:१२

काठमाडौं । मोदी इनर्जि लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुस २९ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा आह्वान गरेको हो । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९।०८० को आर्थिक वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतका विवरण पारित गर्नेछ ।

साथै, सभाले चालु आवको लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले सभाबाट सर्वसाधारण समुहबाट १ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले यहि महिनाको १७ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा सहभागि हुन पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*