सोमबार सुनचाँदीको मूल्य स्थिर
९ पुष २०८०, सोमबार ११:४६

काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा कायम रहेर कारोबारमा आएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कायम भएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।












