सरकारद्धारा काम गर्न नसकेको बिषय स्वीकार
१० पुष २०८०, मंगलवार १७:५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटी अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’
बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए।












