कुन उद्योगले नेपाल विद्युत प्राधिकरणलाई कति रकम भुक्तानी गर्न बाँकि ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विधुत् महसुल नतिरेको भन्दै उद्योगहरुको लाइन धमाधम काटिरहेको छ ।
प्राधिकरणले हाल संचालनमा रहेका ६१ वटा उद्योगहरुले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङक लाइनबाट विद्युत उपयोग गरेको तर त्यसको शुल्क भने नतिरेको भन्दै २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५ सय २० रुपैयाँ १२ पैसा बक्यौता तिर्न निर्देशन दिईसकेका छन् ।
तर उद्योेगी व्यवसायीहरु भने उद्योगहरुले भने टिओडी मिटरको प्रमाण पेश भए मात्रै विधुत्को महसुल भुक्तानी गर्ने पक्षमा रहेको बताउदै आईरहेका छन् ।
प्राधिकरणले ठूला नौ उद्योगको विद्युतको लाइन समेत काटिसकेको छ । प्राधिकरणले अहिलेसम्म रिलायन्स स्पिनिङ्ग मिल्स लि, बाबा जुट मिल प्रा. लि, जगदम्वा इन्टरप्राईजेज लि., मारुती सिमेन्ट प्रा. लि., शिवम सिमेन्ट प्रा. लि., हिमाल आइरन एण्ड स्टिल प्रा. लि, धोराही सिमेन्टको लाइन काटिसकेको छ ।डेडिकेटेड र ट्रंकलाइनको महशुल विवादले सरकार नै चौतर्फी घेराबन्दीमा परिरहेको छ ।












