अर्थमन्त्री महतसँग मन्त्री राणाको भेटवार्ता, लुम्बिनी र प्यूठानमा बजेट बढाउने प्रतिबद्धता

१५ पुष २०८०, आईतवार ०७:०५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबार सिंहदरबारमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा (सरोज थापा) ले भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा अर्थमन्त्री डा. महतसँग राणाले लुम्बिनी प्रदेश सरकारको बजेट वृद्धि र आफ्नो गृहजिल्ला प्यूठानको विकासका विषयमा परामर्श गरेका हुन् । सो क्रममा अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका जिल्लाहरूको विकासमा केन्द्र सरकारले आवश्यक पर्ने बजेट दिन तयार रहेको आश्वासन दिएका छन् ।

अर्थमन्त्री महतले लुम्बिनीको विकासमा निकै चासो देखाएको र बजेटमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री राणाले जानकारी दिएका छन् । साथै, अर्थमन्त्री महतले प्यूठानको विकासमा पनि बजेट दिएर सहयोग गर्ने आश्वासन दिएको मन्त्री राणाले बताएका छन् ।

बाग्दुला–भीमगिठे सडक खण्डका विषयमा पनि अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका यातायात व्यवस्थामन्त्री राणासँग चासो राखेका थिए । मन्त्री राणाले प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठे सडकका विषयमा पनि परामर्श गरेका छन् । यो सडक निर्माणका लागि भारत सरकारले सहुलीयत ऋण प्रदान गरेको छ ।

सडक निर्माणका लागि ईच्छुक निर्माण कम्पनीहरूसँग प्रावधिक सूचीका लागि ४५ दिनको सूचना जारी गर्ने तयारीमा रहेको अर्थमन्त्री महतले बताएका छन् । बाग्दुलादेखि भीमगिठे सडक निर्माण भएको खण्डमा सो क्षेत्रका मानिसले यातायातमा सहज आवतजावत गर्न पाउने अपेक्षा यातायात व्यवस्थामन्त्री राणाले लिएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*