आज सुनचाँदीको भाउ स्थिर
१६ पुष २०८०, सोमबार ११:१९

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन आइतबार पनि सुन सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।












