सरकारका सबै वेबसाइट एकैपटक डाउन
१६ पुष २०८०, सोमबार १२:५६

काठमाडौं । नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका छन् । सोमबार बिहानदेखि डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् ।
सरकारी वेबसाइट डाउन हुनुको कारण भने स्पष्ट भइसकेको छैन । प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा दिस साइट कान्ट बि रिच्डू भन्ने नोटिफिकेसन देखिने गरेको छ ।
डीएनएस रिजल्भ नभएर यस्तो समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र निकट स्रोतले जनाएको छ । मोबाइल डेटामा वेबसाइटहरू खुल्ने तर कुनै कुनै इन्टरनेट सेवामा नखुल्ने जस्तो अवस्था पनि देखिएको छ।ू












