पाँच सयले महंगियो सुन, कतिमा हुँदैछ कारोबार?
१७ पुष २०८०, मंगलवार १०:४९

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा पाँच सयले महंगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन (सोमबार) छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले महंगिएको छ। आज चाँदी १ हजार ४६० रुपैयाँ प्रतितोला कायम भएको छ।












