एकैदिन तेह्र सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?

१९ पुष २०८०, बिहीबार ११:५१

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ। यस दिन सुन प्रतितोला तेह्र सयले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन १ लाख २० हजार ८०० र तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले सस्तिएको छ। आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*