बीवाईडीको विद्युतीय गाडीले आधिपत्य जमाउदै, एकै वर्षमा ३० लाख बिक्री

१९ पुष २०८०, बिहीबार १६:१२

काठमाडौं । बीवाईडीले एकै वर्षमा ३० लाख भन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरु बिक्री गरेको छ। विद्युतीय सवारी साधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बीवाईडीले २०२३ को अन्त्य सम्ममा ३० लाख २४ हजार ४१७ विद्युतीय गाडीहरू बेचेको घोषणा गरेको हो।

यस माइलस्टोनले बीवाईडीको ६१.८ प्रतिशतको दर वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा बीवाईडीको प्रतिबद्धतालाई पनि देखाएको छ। वार्षिक मापदण्डमा ४५ प्रतिशतको वृद्धि देखाउदै बीवाईडीले डिसेम्बर २०२३ मा कुल मासिक ३ लाख ४१ हजार ४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बीवाईडीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको ठानिएको छ।

२०२२ मा पनि बीवाईडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १.८६ मिलियन विद्युतीय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बीवाईडीलाई विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको ठानिएको हो ।

नोभेम्बर २०२३ मा कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा सूचीत भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको बताइएको छ।

बीवाईडीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण रहेको र यसले पर्यावरणमैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्ने भनिएको छ।

२०२३ लाई बीवाईडीको उत्कृष्ट वर्षका रुपमा मनन गर्दा यसले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको बताइएको छ।

बीवाईडीको विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्यले विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरूसँग समर्थन गरेको कम्पनीले दाबी गरेको छ। कम्पनी उच्च गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री साधानहरूको उत्पादनमा दृढ रहेको र यसले आगामी दिनमा पनि सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने प्रतिवद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*