शुक्रबार सुनचाँदीको भाउ स्थिर
२० पुष २०८०, शुक्रबार ११:३५

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिनपनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।












