आइतबार पनि सुनचाँदीको भाउ स्थिर

२२ पुष २०८०, आईतवार ११:३४

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। लगातार दुई कारोबारको दिन सुनको मूल्य स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कायम भएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा स्थिर रहेर कारोबारमा आएको थियो।

त्यस्तै, आज चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*