आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२५ पुष २०८०, बुधबार ११:३१

काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यपनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*