लागुऔषधसहित सहायक हवल्दार पक्राउ
२५ पुष २०८०, बुधबार १९:०७

काठमाडौं । कैलालीबाट लागुऔषधसहित सहायक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहायक हवल्दार विष्णु चौधरी छन् ।
उनको साथबाट ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । सहायक हवल्दार कैलालीस्थित गेटाका स्थानीय हुन् ।












