पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गर्ने नुवाकोटका न्यौपाने पक्राउ

१३ माघ २०८०, शनिबार १०:०१

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका ४ का २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*