आज ललितपुरका यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने
१६ माघ २०८०, मंगलवार ०८:२५

काठमाडौँ । आज अर्थात् माघ १६ गते ललितपुरका केहि स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । लगनखेल वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्नेस्थानहरुमा आज विहान ११ बजे देखि १ बजे विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
लगनखेल वितरण केन्द्रको कार्यक्षेत्र भित्र नयाँ निर्माण गरिएको हात्तिवन फिडरमा सातदोबाटो,रेडियो नेपाल , खुमल्टाट फिडरको लोड सिफ्ट गर्ने कार्यको लागि फिडरहरु सटडाउन गरि कार्यहरु गर्नु पर्ने भएकोले लाइन काटिने भएको हो ।
ललितपुरको सातदोबाटो, हात्तिवन,रिड्रृरोड,सेतिपाखा,खुमलटार,जेम्स सकुल लगायतका एरियाहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।












