शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि आवश्यक छः अर्थमन्त्री महत

२२ माघ २०८०, सोमबार १८:०२

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नुवाकोट दुप्चेश्वर –२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महलते धेरै जग्गा जमिन नभएका ठाउँमा रोजगारीको सम्भावना न्यून रहेको हुँदा कृषिबाट बढी उत्पादन गर्नेतर्फ ध्यान दिनुका साथैसाथै शिक्षा र स्वास्थ्यमा हामीले लगानी वृद्धि गर्नुपर्ने बताए ।

कृषिबाट बढी उत्पादन गर्नेतर्फ हाम्रो ध्यान जानेछ । सँगसँगै शिक्षा र स्वास्थ्यमा हामीले लगानी वृद्धि गर्नुपर्नेछ । जनताको आवश्यकता पूर्ति गर्नेतर्फ सरकारको ध्यान जानेछ’ मन्त्री डा. महतले भने, ‘महिला सशक्तिकरण, आयआर्जन वृद्धि गर्ने, जेष्ठ नागरिकको सम्मान, आदिवासी जनजातिको जीवनस्तर उठाउने काममा सरकारको विशेष ध्यान जानेछ ।’

‘केन्द्र र प्रदेश सरकारले सल्लाह गरेर पार्टी भन्ज्याङबाट गोल्फु भन्ज्याङ जोड्ने बाटोलाई राम्रो बनाउनका लागि बजेटसमेत राखेर पहल हुनेछ । यो सडक राम्रो भएपछि काठमाडौं आवतजावत सहज हुनेछ । पुलको पनि डिपिआर निर्माण हुँदैछ’ मन्त्री डा. महतले भने ।

‘त्रिशुलीबाट नुवाकोट जिल्लाको सदरमुकाम जोड्ने बाटो अपुरो नै थियो, समुन्द्रटारबाट अगाडि कच्ची बाटो भएको पक्की बनाउन प्रस्ताव गरेको छु । यो बाटो निर्माणका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ । त्यसको ठेक्का प्रकृया केही दिनमा सुरु हुन्छ’ मन्त्री डा. महतले भने, ‘यो बाटो निर्माणपछि सदरमुकाम जान धेरै सहज हुनेछ । काठमाडौं जानका लागि सुन्दरीजल हुँदै गोल्फु भन्ज्याङ जोड्ने बाटो त्यत्तिकै महत्वपूर्ण छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*