निरन्तर तेस्रो दिन समेत घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ माघ २०८०, मंगलवार १०:४०

काठमाडौँ । नेपाली बजारमा निरन्तर तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*