ज्यालादर ५.५६ प्रतिशतले बढ्यो
२३ माघ २०८०, मंगलवार १३:०९

काठमाडौँ । २०८० पुस महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क १०.२७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.९२ प्रतिशतले बढेको छ ।












