लगातार तीन दिन घटेको सुन आज बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
२४ माघ २०८०, बुधबार १०:५२

काठमाडौँ । तीन दिन ओरालो लागेको सुन आज भने बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।












