एनआरएन इन्फ्रान्ट्रक्चरको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?

काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म एनआरएन इन्फ्रान्सट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको यस अवधिमा कम्पनीको खुद नाफा १८८.०७ प्रतिशतले बढेर १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो नाफा ५६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफा घटेर १ करोड ११ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्षमा कम्पनीको यस्तो मुनाफा २ करोड ३१ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको कुल आम्दानी पनि घटेको देखिएको छ । चालु आवमा कम्पनीको कुल आम्दानी घटेर एक करोड ६६ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्षमा कम्पनीको यस्तो आम्दानी दुई करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी, पुस मसान्तसम्म यस कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १.७४ रुपैयाँले बढेर २.६७ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४९.५६ रुपैयाँ रहेको छ ।












