स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.मुक्तिराम श्रेष्ठ नियुक्त
२५ माघ २०८०, बिहीबार १५:२२

काठमाडौं । रिक्त रहेको पदमा स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा। मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
निर्देशक डा दामोदर बसौलालाई हटाइएपछि अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।












