घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२८ माघ २०८०, आईतवार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*