हिमालयन रिइन्स्योरेन्सकी संचालक साक्षी वंशलले दिइन् राजीनामा
२८ माघ २०८०, आईतवार १२:१९

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सकी संचालक साक्षी वंशल (गुप्ता) ले राजीनामा दिएकी छिन् ।
कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भई संस्थापक समूहतर्फबाट संचालक समितिका प्रतिनिधित्व गर्दै आएकी वंशलले आफ्नो ब्यक्तिगत कारण राजीनामा दिएकी हुन् ।
कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा माघ २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।












