राजस्व घटेमा सार्वजनिक क्षेत्रमा सरकारले लगानी गर्न सक्दैनः अर्थमन्त्री डा. महत

२८ माघ २०८०, आईतवार १६:५६

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न निर्देशन दिएका छन् । काँकरभिठ्ठा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै उनले यस्तो बताएका हुन् ।

डा. महतले राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्ने बताए । महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।”

उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*