११ महिला र पाँच पुरुषलाई जापानमा रोजगारको अवसर, मासिक तलब कति?

४ फाल्गुन २०८०, शुक्रबार १३:५०

काठमाडौं । जापानको तीन कम्पनीले ११ महिला र पाँच जना पुरुष नेपाली कामदारको माग गरेको छ ।

जापानको शहरमा रहेको विजनेश नेटवर्क कपले दुई पुरुष तीन महिला, योकोहामा शहरमा रहेको कोअप्रेटिभ फुजी कम्पनीले तीन पुरुष ६ महिला र सिमोत्सुई शहरमा रहेको ओकायामा केन युसुत्सु हौसेहिन कोग्यो कोअप्रेटिभ कम्पनीले दुई जना महिला कामदारको माग गरेको हो ।

यसमा कामदारले मासिक तलब एक लाख ३२ हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्म पाउनेछन् । आवश्यक योग्यता तथा अतिरिक्त सेवा सुविधा तोकेबमोजिम हुनेछ ।

इच्छुक कामदारले अन्तर्वाता तथा अन्य प्रकियाका लागि सम्बन्धित मेनपावर कम्पनीमा सम्पर्क राख्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*