१२६ जना करदातालाई १५ दिन भित्र बक्यौता कर दाखिला गर्न अल्टिमेटम

९ फाल्गुन २०८०, बुधबार ११:४६

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र बक्यौता कर दाखिला गर्न भनेको छ । कार्यालय एक सूचना जारी गर्दै करदाताहरुलाई १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्ने भनेको हो ।

१२६ करतादामा ११८ करदाताले मूल्य अभिवृद्धि कर र बाँकी ८ कम्पनीले आयकर तिर्न बाँकी रहेको छ । कर तिर्न बाँकी हुनेमा अस्पताल, उद्योग, निर्माण कम्पनी लगायत रहेका छन् ।

बक्यौता कर दाखिला गर्ने भने पनि हालसम्म पनि कर बक्यौता दाखिला नगरेको तथा कतिपय करदाताहरुलाई हुलाकमार्फत जानकारी गराउँदा पनि कर नतिरेको कार्यालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*