गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

१० फाल्गुन २०८०, बिहीबार ०६:५८

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज (फागुन १० गते) सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । तोकिएको समयभित्र पनि हाजिर हुन नआएमा सेवाबाटै हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*