फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्न भरोसा र भेनस अस्पताललाई सुझाव

१० फाल्गुन २०८०, बिहीबार १३:४६

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गरे ।

भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्यक्रिया हुने ठाउँ, इमर्जेन्सी, प्रयोगशाला, भण्डारण कक्ष) २० लिटर क्षमताका अटोक्लेभ मेसिन राखेको छ । यो राम्रो पक्ष हो । यति राम्रो भइकन पनि उत्पादित फोहोर वर्गीकरण भएको छैन । फोहोर राख्ने बिनहरुमा रंग संकेत मिलेको छैन । भएका बिन पनि बाकस बनाएर लुकाइएको छ । फोहोर हाल्ने बिन त देखिने हुनुपर्छ नि, होइन? अनुगमन टोलीको प्रश्नमा अस्पतालकी नर्सिङ् सुपरीटेन्डेन्ट लिस्का महर्जनले भने, ‘फोहोर देखेर विरामी र आफन्तलाई नकारात्मक असर नपरोस् भनेर फोहोर राख्ने दराज बनाएका हौँ ।’ २५ वेडको अस्पतालमा कति फोहोर उत्पादन हुन्छ । अभिलेख राख्ने गरिएको छैन ।
मध्य बानेश्वरकै भेनस अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर छ । वर्गीकरण, ढुवानी, निर्मलीकरण र भण्डारण प्रणालीका हरेक ठाउँमा तत्काल सुधार गर्नु पर्ने अवस्था छ । भएको अटोक्लेभ मेसिन माथिल्लो तलामा छ । फोहोर भण्डारण कक्ष भूमिगत तलामा छ । यो उचित तरिका होइन । अटोक्लेभ मेसिन भूमिगत तलामा सार्नु, फोहोर स्रोतमै वर्गीकरण गर्नु, टोलीले जुनसुकै समयमा आउँदा पनि यति व्यवस्था भइसक्नु पर्ने कुरा भनेर फर्किएको छ ।

अनुगमनमा अपेक्षित अवस्था पाइएन । तत्काल सुधार नगर्ने हो भने कारवाहीको प्रक्रियामा जानु पर्ने हुन्छ । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइराला भने, ‘यो अनपेक्षित अवस्था हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*