थापाथलीस्थित प्रसूति गृहमा शिशु चोरी

११ फाल्गुन २०८०, शुक्रबार १७:१३

थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।

प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*