बढ्यो सुनको मूल्य, चाँदी कति ?
१३ फाल्गुन २०८०, आईतवार ११:०३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।












