वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भयोः सांसद खतिवडा

१३ फाल्गुन २०८०, आईतवार १३:११

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर लागेको बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मन्त्रीज्यू सुधार गर्न लागेको । झाडु र क्यामेराबाट फोटो खिचेर बाहिर ल्याउनुपर्छ ? सस्तो पपुलारिजम्का लागि, कार्यालय सफा गर्न टीभी लिएर गएर क्रान्तिकारी हुने हो ?’ उनले भने ।

सांसद अतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप पनि लगाएका छन् । पछिल्लो समय उत्पादन बन्द भएको विमान खरिद गरेर कमिसनको दाउमा केही व्यक्ति लागेको उनको भनाइ छ । उनले भने, “‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज अहिले प्रोडक्सनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*