झलनाथ खनाल पुगे मिटरब्याज पीडितहरुको आन्दोलनमा

१३ फाल्गुन २०८०, आईतवार १४:३६

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरुको आन्दोलनमा पुगेका छन् । खनाल आन्दोलनलाई समर्थन जनाउन काठमाडौँको भृकुटीमण्डममा पुगेका हुन् ।

गत बुधबार २३ दिन पैदल यात्रा गरेर मिटरब्याज पीडित काठमाडौँ आइपुगेका हुन् । उनीहरुले सरकार विरुद्ध नाराबाजी गरी रहेका छन् । सरकारले भने वार्ताका लागि पत्र पठाइ सकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*