गुराँस लघुवित्तमा रोजगारको अवसर
२९ फाल्गुन २०८०, मंगलवार ०७:५४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सुपरभाईजर देखि कनिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको हो।
कम्पनीले सुपरभाईजरमा एक, वरिष्ठ सहायकमा (शाखा प्रमुख) पाँच, सहायक तथा कनिष्ठ सहायकमा केही संख्यामा आवेदन खुलाएको छ।
तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित चैत्र १३ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।













