अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमदर कति?

१५ माघ २०८१, मंगलवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिददर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ तोकिएको छ, अघिल्लो दिन डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकिएको थियो।

त्यसैगरी राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार यस दिन युरोपियन युरोको खरिददर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ तोकिएको छ भने यूके पाउण्ड स्टर्लिङको खरिददर १७२.४३ रुपैयाँ र बिक्रीदर १७३.१८ रुपैयाँ तोकिएको छ।

त्यस्तै स्वीस फ्र्याङ्कको खरिददर १५३.६७ रुपैयाँ र बिक्रीदर १५४.३४ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ८६.८२ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ र क्यानाडियन डलरको खरिददर ९६.०३ रुपैयाँ र बिक्रीदर ९६.४५ रुपैयाँ तोकिएको छ।

यता सिंगापुर डलरको खरिददर १०२.६४ रुपैयाँ र बिक्रीदर १०३.०९ रुपैयाँ तोकिएको छ भने जापानी येन (१० युनिट) को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ९.०० रुपैयाँ र चिनियाँ युआनको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ तोकिएको छ।

साउदी रियालको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ तोकिएको छ भने कतारी रियालको खरिददर ३७.८१ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ र थाई बाह्टको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ तोकिएको छ।

यूएई दिरहामको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, मलेसियन रिङ्गिटको खरिददर ३१.४९ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ तोकिएको छ भने दक्षिण कोरियन वोन (१०० युनिट) को खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ तोकिएको छ।

त्यस्तै स्विडिश क्रोनरको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६५ रुपैयाँ तोकिएको छ भने डेनिस क्रोनरको खरिददर १९.४२ रुपैयाँ र बिक्रीदर १९.५१ रुपैयाँ र हङकङ डलरको खरिददर १७.७० रुपैयाँ र बिक्रीदर १७.७८ रुपैयाँ तोकिएको छ।

यता कुवेती दिनारको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६२ रुपैयाँ तोकिएको छ भने बहराइन दिनारको खरिददर ३६५.६८ रुपैयाँ र बिक्रीदर ३६७.२७ रुपैयाँ तोकिएको छ। ओमानी रियालको खरिददर ३५८.०९ रुपैयाँ र बिक्रीदर ३५९.६५ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*