६ समस्याग्रस्त सहकारीका ७९ साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ वटा समस्याग्रस्त सहकारी संस्थाका ७९ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकम नै सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई फिर्ता गरिएको बताएको छ। बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको सरकारको भनाइ छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि प्रयोग भइरहेको समितिले जनाएको छ। यसक्रममा साना बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमको आधारमा निरन्तर अघि बढाइनेछ।











