सिंहदरवारभित्र आगोको मुस्लो, खानेपानी मन्त्रालय जल्यो

२६ माघ २०८१, शनिबार ०९:३१

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारभित्र भिषण आगो लागेको छ । आगोलागीको कारण खुल्न सकेको छैन । सिंहदरबारबाट निस्केको आगोको मुस्लो वरपरसम्म फैलिएको छ ।

प्रहरीका अनुसार सिंहदरवारभित्र रहेको खानेपानी मन्त्रालयको तेस्रो तल्लामा आगो लागेको छ । सिंहदरवारभित्रै आगो लागेपछि उपत्यकाका सबै दमकल तत्कालै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको छ । थप विवरण आउन बाँकी छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*