अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई विमानहरू ठोक्किए
८ फाल्गुन २०८१, बिहीबार १०:४४

काठमाडौँ । अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारी अनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८ः२८ मा दुर्घटना भएको हो।
जे सेस्ना १७२एस र ल्यान्केयर ३६० एमके विमान ठोक्किएका थिए। विमानस्थलको दुई रनवेमध्ये एक रनवे १२ माथि फिक्स्ड विङ सिंगल इन्जिन विमान ठोक्किएका हुन्।
माराना प्रहरी विभागले घटनाबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुबै विमानमा दुई।दुई जना रहेको जनाइएको छ।













