भीषण बाढीले स्याङ्जा–गुल्मी जोड्ने बेलिब्रिज बगायो

११ आश्विन २०८३, आईतवार १०:१२

काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा र गुल्मी जिल्ला जोड्ने महत्वपूर्ण बेलिब्रिज बगाएको छ।

आइतबार बिहान आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हार्मिचौर जोड्ने बेलिब्रिज बगाएको हो। पुल बगेपछि दुई जिल्लाबीचको सिधा यातायात सम्पर्क विच्छेद भएको छ।

१४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्थापना गरिएको उक्त बेलिब्रिज आयोजना सञ्चालनमा आएदेखि नै प्रयोग हुँदै आएको थियो। पुलले स्याङ्जा र गुल्मीका स्थानीय बासिन्दाको आवतजावतसँगै दैनिक यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो।

बाढीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा उक्त मार्ग भएर आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्। पुल नहुँदा दुई जिल्लाबीचको आवतजावतमा थप कठिनाइ भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*