इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको लाइसेन्स खारेज

८ फाल्गुन २०८१, बिहीबार १२:२४

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएको जनाएको हो । पोखरालाई आधार बनाएर सेवा दिने गरी दर्ता भएको यो कम्पनीको यही फागुन १ देखि इजाजतपत्र खारेज भएको छ ।

इजाजतपत्र खारेज भएको मितिले ३० दिनभित्र दूरसञ्चार प्राधिरकणमा सम्पर्क गर्न र नियामानुसारको तिर्न बुझाउन बाँकी रकम चुक्ता गर्न आग्रह गरेको छ । अन्यथ कानून अनुसार कारवाही हुने भन्दै प्राधिकरणले उक्त सेवाप्रदायकलाई सचेतसमेत गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*