नेपाल टेलिकमले खुलायो जागीर, उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म माग

९ फाल्गुन २०८१, शुक्रबार ०८:४९

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदहरूमा ६९ जनाका लागि जागीर खुलाएको छ।

कम्पनीले उप प्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले अनलाइन प्रणालीमार्फत् आवेदन दिनु पर्नेछ।

आवेदन दिने म्याद यही फागुनको २९ गतेसम्म रहेको छ। त्यसपछि दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हेर्नुहोस् सूचनाः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*