पाथिभरा केवलकारको नाममा रक्तपात मच्चिन सक्ने नेपाली सेनाको चेतावनी !

९ फाल्गुन २०८१, शुक्रबार २३:४१

काठमाडौं । नेपाली सेनाले पाथिभरामा बनाउन लागिएको केवलकारको कारण ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको छ । सरकारले राज्य शक्तिको दुरुपयोग गर्दै हजारौं सुरक्षाकर्मी परिचालन गरेर पहिचानवादी आन्दोलन दमन गर्न खोजिरहेको बेला नेपाली सेनाको आज सम्पन्न पृतनापतिहरुको भेलाले पाथिभरा केवलकारको नाममा ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको हो ।

राजधानी काठमाडौंको भद्रकालीस्थित सैनिक मुख्यालयमा हिजोदेखि चलेको दुई दिने समीक्षा बैठकमा देशको समग्र अवस्था, बाह्य अवस्था र आन्तरिक सुरक्षा चुनौतिका बिषयमाथि गम्भिर बहस भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको अध्यक्षतामा नेपाली सेनाको सातै बिग्रेड तथा सबै पृतनापतिहरुको संयुक्त सम्मेलनमा हालै पाथिभरामा सरकारले सभ्यताका लागि भइरहेको आन्दोलन र सो आन्दोलनमा गरिएको दमन तथा एउटा व्यापारीको लागि राज्यले गरेको दमनले निम्त्याउन सक्ने जोखिमका सम्बन्धमा पनि छलफल गरेको हो ।

नेपाली सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति सिग्देलले राष्ट्रिय अन्तर्राष्ट्रिय सुरक्षा चुनौतिबारे लामो व्याख्या गरेका थिए । प्रधानसेनापति सिग्देलले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछिको अवस्था, युक्रेन युद्ध, मध्यपूर्वको युद्धदेखि नेपालसम्म आईपुग्न सक्ने बाछिटाको सम्बन्धमा विस्तृतमा छलफल गरेका थिए । विश्लेषणको क्रममा प्रधानसेनापति सिग्देलले आन्तरिक सुरक्षा चुनौतिको रुपमा पाथिभरामा केवलकारको नाममा विकसित भइरहेको घटनाक्रम, नेपालमा पहिचानको आन्दोलन, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र सूचना प्रबिधिमा सुरक्षा जोखिम रहेको विश्लेषण गरेका थिए ।

 

सो क्रममा पाथिभरामा केवलकारको नाममा भइरहेको घटनाले रक्तपात निम्त्याउन सक्ने र सो बिषय देशकै सुरक्षा चुनौतिको रुपमा सामना गर्नुपर्ने अवस्था आउनेतर्फ सरकारलाई सचेत गराउने समेत निर्णय गरिएको बुझिएको छ । नेपाली सेनाको छलफलले पाथिभरामा चर्किरहेको आन्दोलनमा बल प्रयोग भन्दा पनि वार्ता र सहकार्यमा अन्त्य गर्नुपर्ने सुझाव अघि सारेको छ । यद्यपि यसको सबै तथ्यहरु बाहिर आइसकेको छैन ।

नेपाली सेनाको दुई दिने सुरक्षा विश्लेषण कार्यक्रम आज सम्पन्न भएको छ । आजको कार्यक्रममा रषामन्त्री मानवीर राई स्वयम् उपस्थित भएर नेपाली सेनाले विश्लेषण गरेका सुरक्षा चुनौतिहरुबारे सुनेका छन् ।

 

पाथिभरामा सरकारीले सयौं सशस्त्र प्रहरी परिचालन गरेर आईएमई ग्रुप र चन्द्र ढकालको लागि जुनसुकै हालतमा केवलकार बनाउने भन्दै लागिरहेको छ । स्थानीयबासी तथा पहिचानवादीहरुले मुक्कुम्लुङ सभ्यता र पाथिभराको पहाडलाई बिनाश हुन नदिने, जंगल सखाप पार्न नदिने र केवलकार बनाउन नदिने भन्दै आन्दोलन गर्दै आएका छन् । सो क्रममा सरकारले परिचालन गरेको शसस्त्र प्रहरी आन्दोलनकारीमाथि गोली चलाउँदा तीन जनालाई गोली लागेर उपचार गराइरहेको अवस्था छ ।

स्थानीयबासी मूलबासीहरुले पाथिभरामा कुनै पनि हालतमा केवलकार बनाउन नदिने भन्दै सम्झौताहिन आन्दोलन गर्दै जंगल र हिउँका बीचमा पनि रातभर जंगलमा बसेर विरोध गर्दै आएका छन् ।

 

 

11 thoughts on “पाथिभरा केवलकारको नाममा रक्तपात मच्चिन सक्ने नेपाली सेनाको चेतावनी !

  1. भचच says:

    पहिला देशको सिमानामा गएर सुरक्षा गर। आफ्नै जनतालाई चेतावनी दिएर के नाप्छौ।हामी मुक्कुमलुङको लागी गोलि खान तयार छौ।

  2. श्रीकुमार चेम्जोङ says:

    पाथीभरा/ मुकुम्लुङ एउटा समुदाय, धार्मिक आस्थाको सर्बोपरी शक्ति पिठमा प्राकृतिक रुपमा यसको अस्तित्वलाई बचाइ रहनुपर्छ।मौलिकतालाई मास्नु हुदैन, जैविक विविधतामा ह्रास पुराउनु हुदैन।एउटा ब्यपारि कुलको ब्यवसायिक फाइदाको लागि हजारौंजनाको बिरोध असहमतिका बाबजुद सरकारले दमन गर्ने, गोलि चलाउने, सरकारि शक्तिको दुरुपयोग गर्ने? यो मान्य हुने छैन, स्विकार्य हुनेछैन। राज्यको आँखा कसैलाई काखा कसैलाई पाखा, दार्चुला, कर्णालीका नेपाली दाजुभाइ दिदिबहिनीहरु अझै एउटा सिटामोल खान नपाई मृत्यु वर्ण हुन बाध्य, अझै पनि पुल पुलेसा छैन, बिद्यालय जान अझै “तुइन”प्रयोग गर्न बाध्य छन। no kebukar#

  3. Pomukechang says:

    नेपाली सेनाले गरेको यो समिक्षा र अध्यन अत्यन्तै सत्य हो जस्को लागि सम्पुर्ण राष्ट्रप्रेमी सचेत नागरिकहरु एक हौं !!
    #सेवारो मुक्कुम्लुङ्मा!!
    #पबित्र देबि पाथीभराको जय!!
    #जय देश जय राष्ट्र !!
    #NoCableCar

  4. कृष्ण says:

    सरकारि पक्षबाट धार्मिक र सास्कृतिक दमन र अतिक्रमणको पराकाष्ठ हो
    मुकुम्लुङ विनास काण्ड!

  5. ऋषिराम राइ says:

    सम्पुर्ण न्यायप्रेमि समुदायले बुझ्नै पर्ने गम्भीर बिषय के यो सरकारले सहि गरेको हो त?एकजना ब्यापारिको निम्ति बन्दुक तेस्याएर कसैको आस्थामाथि अतिक्रमन गर्नु राम्रो हो?सबैले जवाफ दिनु

  6. देउमान लिम्बु says:

    नेपालि सेना ले पनि गोलि ठोकेर नै मानेॅ निणॅय गरेन रहेछ तर आन्गोलनलाई चुनौति देख्नु दुखद हामि संघियगणतन्त्र ले दिएको अधिकार भित्र छौ र सरकार पछि हट्नु पछॅ घन्यबाद सेवारो ❤️‍

  7. अनिल लङ्वा says:

    कुराे गम्भीर छ,त्यसैले सम्बाद द्वारा समस्या समाधान गर्नु पर्छ।बिना सम्बाद निर्माण थाल्नु नै आजको परिस्थिति उब्जेको हाे।

  8. Jaya Hang Thamsuhang says:

    मनकामना,चन्द्रगिरी,कालिन्चोकको केवल कारले त्यहाँका स्थानीयका लागि आर्थिक वृद्धिको लागि के गरेको छ?चन्द्रगिरिमा केही खानेकुरा लान दिदैन,माथी लुट्न सम्म लुटेको छ।बन्दिपुरमा चड्ने ठाउँमै होटल,ओर्लने ठाउँमा चार तारे होटल,अनि बजारको स्थानीय पुरानो घरमा चलिरहेको ब्यापार व्यावसाय बन्द हुन्छ।८मिनेटको समयले मान्छे बास बस्दैन। कालिन्चोकमा ९००मिटर दुरिको भाडादर उत्तिकै महँगो बास बस्न सदरमुकाम जान्छ्न,अनि व्यापार व्यवसाय के हुन्छ?ताप्लेजुङमा सबैले गाडी लिएर जान्छन,केवल कार छड्छ्न फर्कन्छन अनि स्थानीयको ब्यापार,व्यावसाय,रोजगारी सिर्जना कसरी हुन्छ?केही लिम्बुवानलाई प्रलोभनमा पारेर,भोज खुवाएर आफ्नो इतिहास मेटाउदै छ्न थाहा छैन।लिम्बू लिम्बू बिच झगडा गराएर यसको फाइदा अन्तकाल सम्म एक जनाले लिन्छ र अरब पति बन्छ।
    बेलैमा बिचार गरौं।
    भएको इतिहास संरक्षण गरौं।
    माङले सबैलाइ सद्बुद्धि दिउन्

  9. Ananta Bahadur Thebe says:

    सांस्कृतिक र प्राकृतिक सम्पदा साझा हुन्, निश्चित भौगोलिक क्षेत्रमा सिमित हुन् सक्दैनन्’’, मुकुम्लुंग पाथिभराको प्रकृति, संस्कृति, सभ्यता, सम्पदा संरक्षण हामी सबै सचेत नागरिकको दाईत्व हो ! प्रकृति र संस्कृतिको निर्मम नास अबिलम्ब रोक सरकार ! देखे पनि नदेखे जस्तो, सुने पनि नसुने जस्तो कति दिन गर्छस सरकार !

  10. Chandra Prakash chemjong says:

    सेनाले बल प्रयोग भन्दा पनि वार्ताबाट समाधान खोज्नु भन्दाभन्दै ओली र योगेश भट्टराईले राज्य शक्ती र सेनाको दुरुपयोग गर्न खोजिरहेको देखिन्छ ।

  11. कविता says:

    यसमा सास्कृतिकाे कुर भन्दा ा पनि शसस्त्र द्वन्दमा लागेका केही मानिसलाई , पहिचान सहितको प्रदेश दिन्छु भन्ने ले दिन सकेनन् । काेशि प्रदेशको नामाकरणमा चित्त नबुझेपछि आन्दोलन गरे तर नाम फेर्न सफल भएनन् , पाथीभरा राजनैतिक एजेन्डा बानाए जसमा स्थानीय काे खासै सग्लगनता देखिदैन, राजनैतिक दलमा आवद्ध मानिसहरु जनयुद्धकालिन सैलिमा जलविद्युत, ट्रान्समिसन लाईन, केवुलकार, मेचि राजमार्ग विस्तारकाे सर्बे, काेलागि कुनै ठेकेदार फिल्ड मा गयो भने काम राेक्छन , व्यापारी सामान ढुवानी का ट्रक पाचथर जिल्लामा राेकिन्छ र बार्गेनिङ हुने गरेको साथै अन्तर्राष्ट्रिय निकाय बाट समेत फन्डिङ भैरहेकाेछ। केही कलाकार तथा अभियान्ता लाई समेत जातिय आधारमा प्रयोग भैरहेको छ, अन्तिममा आफ्नो समुदाय लाई पछाडि पारेर भएपनि केही मानिसको राजनिती अभिष्ट पूरा गर्नु नै हा।
    यश विसयमा कसैले खाेज प्रत्रकारिता गरेकोे देखिदैन । सतहि कुरा मात्र बाहिर आएको छ। उदेश्य चाहिँ कानुन विपरितका काम गरेर चर्चा मा आउनु नै हाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*