ताप्लेजुङमा भयानक दोहोरो झडप, प्रहरी सुरक्षाकर्मी नै असुरक्षित (भिडियो)

काठमाडौं । आईएमई ग्रुपले ताप्लेजुङमा सम्पदा मासेर बनाउन लागेको केवलकारको विरोध गरिरहेको समुहमाथि सुरक्षाकर्मीले दमन गर्न खोज्दा भयानक भिडन्त भएको छ । आन्दोलनकारीहरुले प्रहरी सुरक्षाकर्मीहरुमाथि निर्धात कुटपिट गर्दै लखेटेपछि ताप्लेजुङ सुरक्षा व्यवस्था कुनै पनि बेला कोल्याप्स हुने अवस्थामा पुगेको छ ।
आज साँझ ७ः४५ बजेको समयमा ताप्लेजुङका बीरेन्द्र चोकमा मसाल निकाल्न खोज्दा भिषण दोहोरो भिडन्त भएको छ । सो भिडन्तमा थुप्रै प्रहरीहरु घाइते भएको भिडियोमा स्पष्ट देख्न सकिन्छ । विरोध प्रदर्शनकारीहरु सयौंको संख्यामा भाटा, लाठीसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरी सुरक्षाकर्मीलाई बेस्सरी कुट्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सरकारले सुरक्षा संवेदनशिलतालाई भन्दा पनि निजि कम्पनीको स्वार्थको लागि सुरक्षाकर्मीको दुरुपयोग नरोकेपछि अवस्था भयानक बन्ने जोखिम बढेको छ ।
ओली नेतृत्वको सरकारले सीमित व्यापारिक घरानाको लागि केवलकार बनाउन सुरक्षाकर्मी प्रयोग गरेर दमन तीव्र पारेपछि ताप्लेजुङमा रक्तपात मच्चिने खतरा बढेको छ । दिनभरि र राति समेत दोहोरो भिडन्त हुन थालेपछि कुनै ताप्लेजुङमा कुनै पनि समय भिषण रक्तपात मच्चिने खतरा बढेको छ ।













