बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
११ फाल्गुन २०८१, आईतवार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













