अर्थमन्त्री पौडेल फर्किए पुनःनियमित काममा

११ फाल्गुन २०८१, आईतवार १४:३१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनल घाइते भएका हुन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज हुनु भएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*