बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१२ फाल्गुन २०८१, सोमबार १०:४२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदी एक हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ ।













