स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ: सांसद तोसिमा कार्की

१२ फाल्गुन २०८१, सोमबार १३:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्था आएको मन्त्रीकै अभिव्यक्तिले गम्भीर चिन्ता पैदा गरेको बताइन्।

उनले स्वास्थ्यमन्त्रीले यसअघि स्वास्थ्य बीमाको दायरा पाँच लाखसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै अहिले त्यसको उल्टो धारणा आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिन्। ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाखको पुर्‍याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब भुक्तानी पुगेन स्वास्थ्य बिमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ’ उनले भनिन् ।

सांसद कार्कीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने जिम्मेवारी सरकारको भएको भन्दै यसलाई मजबुत बनाउनुको सट्टा कमजोरी स्विकार्नु लाचार प्रवृत्ति भएको बताइन्। उनले अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने पहल गर्नुपर्नेमा जोड दिँदै त्यसको सुरुवात मन्त्री स्वयंबाट गर्नुपर्ने सुझावसमेत दिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*